Banijya News

होटल सिराईचुलीले आईपीओ निष्कासन गर्ने

1
1.0K Shares

होटल सिराईचुली लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्ने उद्देश्यसहित वार्षिक साधारण सभा आह्‌वान गरेको छ ।

कम्पनीको सञ्चालक समितिको साउन १७ गते बसेको बैठकले आगामी भदौ १४ गते तेस्रो वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।

उक्त साधारण सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने, आईपीओबाट प्राप्त रकमको उपयोग गर्ने र यसका लागि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ । साथै, सो साधारण सभाबाट गत आवका वित्तीय विवरणहरु समेत पारित गरिने बताइएको छ ।

1

Scroll to Top