Banijya News

माछापुच्छ्रे बैंकले ल्यायो ‘बिल जितौँ’ योजना

1
1.0K Shares

माछापुच्छ्रे बैंक लिमिटेडले आन्तरिक राजस्व विभागको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’मा ग्राहकको सहभागिता सहज बनाउन आफ्‌नो एमबीएल एम–स्मार्ट मोबाइल बैंकिङ एपमा ‘बिल जितौँ’ योजना सञ्चालनमा ल्याएको छ ।

बैंकका अनुसार नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेटअनुसार सञ्चालनमा आएको करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहयोग गर्ने उद्देश्यले यो सुविधा योजना सुरु गरिएको हो । यसमार्फत १०० रुपैयाँभन्दा बढीको वस्तु वा सेवा खरिद गरी बैंकको मोबाइल बैंकिङ एपबाट मर्चेन्ट क्यूआरमार्फत डिजिटल भुक्तानी गर्ने ग्राहकका योग्य कारोबार स्वतः आन्तरिक राजस्व विभागको प्रणालीमा समावेश हुनेछन् । यसका लागि छुट्टै दर्ता गर्नुपर्ने छैन ।

ग्राहकले एमबीएल एम–स्मार्ट एपको ‘बिल जितौँ’ मेनुबाट उपहार कार्यक्रमका लागि योग्य भएका कारोबारको संख्या, विस्तृत विवरण तथा उपहार विजेता भए वा नभएको जानकारी सहजै हेर्न सक्ने बैंकले जनाएको छ ।

आन्तरिक राजस्व विभागले योग्य कारोबारका आधारमा प्रत्येक दिन एक जना उपभोक्तालाई कर कट्टापछि १ लाख रुपैयाँ तथा प्रत्येक १५ दिनमा एक जनालाई १० लाख रुपैयाँको बम्पर नगद उपहार प्रदान गर्ने व्यवस्था गरेको छ ।

बैंकले आफ्ना ग्राहकलाई १०० रुपैयाँभन्दा बढीको प्रत्येक खरिदमा डिजिटल भुक्तानी गर्न, अनिवार्य रूपमा प्यान वा भ्याट बिल लिन, बिल सुरक्षित राख्न तथा एमबीएल एम–स्मार्ट एपमार्फत योग्य कारोबार नियमित रूपमा जाँच गर्न आग्रह गरेको छ ।

माछापुच्छ्रे बैंकले डिजिटल बैंकिङलाई थप सहज, सुरक्षित र ग्राहकमैत्री बनाउँदै सरकारी डिजिटल भुक्तानी तथा कर सचेतना अभियानमा सहकार्यलाई निरन्तरता दिने जनाएको छ ।

1

Scroll to Top