Banijya News

बीमा कम्पनीद्वारा एक वर्षमा एक खर्ब रुपैयाँ दाबी भुक्तानी, ५२ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी

1
1.0K Shares

बीमा कम्पनीहरुले एक वर्षको अवधिमा एक खर्ब रुपैयाँ दाबी भुक्तानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को तथ्यांकअनुसार बीमा कम्पनी (जीवन र निर्जीवन) बाट एक खर्ब एक अर्ब ३६ करोड १३ लाख रुपैयाँ बढी बीमा दाबी भुक्तानी गरेका हुन् ।

बीमा दाबी भुक्तानी अघिल्लो आर्थिक वर्ष २०८१/०८२ को तुलनामा १३.३० प्रतिशतले बढी हो । बीमा कम्पनीहरुले अघिल्लो आर्थिक वर्षमा ९१ अर्ब ६ करोड ८५ लाख रुपैयाँ दाबी भुक्तानी गरेका थिए ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अवधिमा जीवन बीमा कम्पनीबाट ४ लाख १९ हजार १३६ वटा दाबीको ६९ अर्ब ६४ करोड २३ लाख रुपैयाँ भुक्तानी भएको विवरणमा उल्लेख छ । अघिल्लो वर्ष जीवन बीमा कम्पनीहरुले ३ लाख ९१ हजार १३५ वटा दाबीको ६५ अर्ब ८० करोड ८९ लाख रुपैयाँ भुक्तानी गरेका थिए ।

समिक्षा अवधिमा निर्जीवन बीमा कम्पनीहरुले १ लाख ६४ हजार १०१ वटा दाबीको ३१ अर्ब ७१ करोड ९० लाख रुपैयाँ भुक्तानी गरेका छन् । अघिल्लो वर्षमा कम्पनीहरुले १ लाख ५० हजार ६३० वटा दाबीको २५ अर्ब २५ करोड ९६ लाख भुक्तानी गरेका थिए ।

बीमा कम्पनीहरुले एक खर्बभन्दा बढी दाबी भुक्तानी गरिसके पनि अझै ५२ अर्बभन्दा बढी बीमा दाबी भुक्तानी गर्न बाँकी रहेको देखिएको छ । प्राधिकरणको तथ्यांकअनुसार, गत आर्थिक वर्षमा परेका दाबीको बीमा कम्पनीहरुले अझै ५२ अर्ब ८ करोड १ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको छ । बीमा कम्पनीहरुले अझै २ लाख ५० हजार ३८१ दाबी भुक्तानी गर्न बाँकी रहेको देखिएको हो ।

यस अवधिसम्ममा जीवन बीमा कम्पनीहरुबाट १ लाख ४४ हजार १४४ वटा दाबीको ११ अर्ब ४ करोड ७५ लाख रुपैयाँ भुक्तानी हुन सकेको छैन । अघिल्लो आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरुले ८८ हजार ९८१ दाबी संख्याको ७ अर्ब ४८ करोड ९० लाख रुपैयाँ दाबी भुक्तानी गर्ने बाँकी रहेको थियो ।

त्यस्तै, गत आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीहरुबाट १ लाख ६ हजार २३७ दाबी संख्या बापतको ४१ अर्ब ३ करोड २५ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा ९६ हजार ३८१ वटा दाबीको २५ अर्ब ७ करोड ९२ लाख रुपैयाँ दाबी भुक्तानी गर्ने बाँकी रहेको थियो ।

1

Scroll to Top