पाँचथर पावर कम्पनी लिमिटेडले गत आवको चौथो त्रैमाससम्ममा खुद नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म ८ करोड ५१ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको हो ।
कम्पनीले आम्दानी बढाएर सञ्चालन खर्च घटाउँदा खुद नाफा कमाउन सफल भएको हो । अघिल्लो आवको सोही अवधिमा कम्पनी ६ करोड १७ लाख रुपैयाँ घाटामा थियो ।
कम्पनीले विद्युत बिक्रीमार्फत ३७ करोड ७८ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवमा विद्युत बिक्रीबाट ८ करोड ९० लाख रुपैयाँ मात्र कमाएको थियो । गत आवमा कम्पनीको विद्युत् बिक्री आम्दानी ३२४.१६ प्रतिशतले बढेको छ ।
गत आवको चौथो त्रैसमाससम्म कम्पनीको सञ्चालन खर्च १ करोड ६५ लाखबाट घटेर १ करोड २२ लाखमा सीमित बनेको छ । कम्पनीको कर्मचारी खर्च १ करोड १३ लाख र वित्त खर्च १३ करोड ६४ लाख रहेको छ । कम्पनीको चुक्तापूँजी ९६ करोड २५ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको रिजर्भको आकार १ करोड २९ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीको कुल चालु सम्पत्ति ९ करोड १ लाख र कुल चालु दायित्व २२ करोड १६ लाख रुपैयाँ छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ८.८५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ९८.६५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २९८.९९ रुपैयाँ र तरलता अनुपात ०.४१ प्रतिशत कायम भएको छ ।


