Banijya News

चार अर्ब ९३ करोड बढी राजस्व संकलन

1
1.0K Shares

आन्तरिक राजस्व कार्यालय, झापाले गत आर्थिक वर्षमा रु. चार अर्ब ९३ करोड ४६ लाख ८५ हजार राजस्व संकलन गरेको छ । गत आवमा रु. छ अर्ब छ करोड ८६ लाख २२ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा लक्ष्यको करिब ८१ दशमलव ३१ प्रतिशत राजस्व संकलन भएको देखिएको छ ।

उक्त कार्यालयका सूचना अधिकारी डिल्लीराम चौलागाईंका अनुसार, संकलित राजस्वमध्ये आयकर रु. दुई अर्ब ४१ करोड ६१ लाख सात हजार, मूल्य अभिवृद्धि कर (भ्याट) रु. एक अर्ब ६६ करोड २९ लाख ९५ हजार र अन्तःशुल्क रु. ६७ करोड ८९ लाख पाँच हजार संकलन भएको छ ।

यसैगरी, भाडा आयकर रु. पाँच करोड ६६ लाख ७८ हजार, ब्याज कर रु. नौ करोड ३६ लाख ८० हजार तथा अन्य शीर्षकमा रु. दुई करोड ६३ लाख २१ हजार राजस्व संकलन भएको कार्यालयले जनाएको छ । उक्त कार्यालयको कार्यक्षेत्र इलाम, पाँचथर र ताप्लेजुङ रहेको छ ।

1

Scroll to Top