Banijya News

नेप्सेसँगै कारोबार रकम पनि घट्यो

1
1.0K Shares

साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक घटेर बन्द भएको छ । पछिल्ला दुई कारोबार दिनदेखि लगातार घटिरहेको नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

नेप्से परिसूचक आज ९.०४ अंक घटेर २६४१.०५ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.२० अंक घटेको छ भने फ्‌लोट इण्डेक्स ०.६१ अंक र सेन्सेटिभ फ्‌लोट इण्डेक्स ०.७२ अंक घटेको छ ।

१३ उपसमूहमध्ये यस दिन चार उपसमूहको परिसूचक बढेको छ भने नौ उपसमूहको परिसूचक घटेको छ । यस दिन जलविद्युत्, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य अंक बढेको छ भने बाँकी उपसमूहको परिसूचक घटेको छ ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । गत शुक्रबार ३ अर्ब ७७ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा आज ३ अर्ब ६७ करोड ४४ लाख १९ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ ।

आज कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ८.४७ प्रतिशत बढेको छ । त्यस्तै, दरमखोला हाइड्रो इनर्जीको शेयरमूल्य ६ प्रतिशत बढेको छ भने बाँकी स्टकहरुको मूल्य वृद्धिदर ५ प्रतिशतभन्दा कम रहेको छ । कारोबारमा आएको रिलायबल समृद्धि योजना २ को इकाईमूल्य सर्वाधिक ९.७० प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा आज सोलु हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४६ कराड ३७ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । त्यस्तै, रिडी पावर कम्पनीको करिब ३० करोड रुपैयाँको शेयर किनबेच भएको छ भने फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको कारोबार रकम १२ करोड रुपैयाँ नाघेको छ ।

1

Scroll to Top