आम्दानी बढ्नुका साथै वित्त खर्च घट्दा हिमालय उर्जा विकास कम्पनी लिमिटेडको नाफामा उछाल आएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म १५ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ३२९.०५ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ३ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको विद्युत् बिक्री आम्दानी ५३.६७ प्रतिशतले बढेको छ । यस अवधिसम्म ४८ करोड ६४ लाख रुपैयाँबराबरको विद्युत् बिक्री आम्दानी गरेको छ । अघिल्लो आवमा कम्पनीको आम्दानी ३१ करोड ६५ लाख रहेको थियो ।
त्यस्तै, कम्पनीको रोयल्टी खर्च ९७ लाख २९ हजार रहेको छ । प्रशासनिक तथा अन्य प्रत्यक्ष खर्च ४ करोड ११ लाखबाट बढेर ११ करोड ५१ लाख पुगेको छ । यद्यपि, कम्पनीको वित्त खर्च भने घटेको छ । अघिल्लो आवमा १३ करोड ९० लाख रहेको वित्त खर्च ७ करोड ४१ लाखमा सीमित बनेको छ ।
यो अवधिसम्म कम्पनीको रिजर्भको आकार ३ करोड ७० लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीको कुल चालु सम्पत्ति ३४ करोड २० लाख र कुल चालु दायित्व १ करोड ५ लाख रहेको छ ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ७.५७ रुपैयाँ रहेको छ । साथै, प्रतिसेयर नेटवर्थ ९८.१३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १८१.३७ रुपैयाँ, मूल्य आम्दानी अनुपात २९.९२ गुणा र तरलता अनुपात ३२.४२ प्रतिशत रहेको छ ।


