Banijya News

एनआईसी एशिया क्यापिटलले ५० प्रतिशत नगद लाभांश दिने

1
1.1K Shares

एनआईसी एशिया क्यापिटल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट आफ्ना सेयरधनीलाई चुक्ता पूँजीको ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

क्यापिटलको साउन २६ गते बसेको सञ्चालक समितिको १७४औं बैठकले करसहित ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि वितरण हुनेछ ।

क्यापिटलले दशौँ वार्षिक साधारणसभा आगामी भदौ २६ गते शुक्रबार बोलाएको छ । सभा काठमाडौंको थापाथलीस्थित क्यापिटलको रजिष्टर्ड कार्यालयमा बिहान ९ बजे सुरु हुने बताइएको छ ।

साधारणसभामा आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ । त्यस्तै, सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पूँजीको ५० प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्तावलाई स्वीकृति प्रदान गर्ने कार्यसूची रहेको छ ।

1

Scroll to Top