एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरुलाई राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकका खातावाला ग्राहकहरूलाई राष्ट्रिय परिचयपत्र भए/नभएको विवरण आगामी असोज मसान्तसम्ममा स्वघोषणा गरी अद्यावधिक गर्न बैंकले अनुरोध गरेको हो ।
यस बैंकका ग्राहकहरुले राष्ट्रिय परिचयपत्र भए/नभएको विवरण अद्यावधिक गर्न यस बैंकको मोबाइल बैंकिङ एप (मोबैंक) वा बैंकको वेबसाइटमा उपलब्ध आईसर्भबाट सजिलैसँग आफ्नो राष्ट्रिय परिचयपत्रको विवरण भए/नभएको स्वघोषणा वा अद्यावधिक गर्न सक्ने बैंकले जनाएको छ ।
मोबैंकको लागि एपमा गई बैंकिङ सर्भिस अन्तर्गत अपडेट एनआईडी मार्फत र यस बैंकको वेबसाइटमा https://iserve.nicasiabank.com/customer-services/nid-update बाट सजिलै राष्ट्रिय परिचयपत्रको विवरण भए/नभएको स्वघोषणा वा अद्यावधिक गर्न सकिने बैंकले जनाएको छ ।
बैंकका अनुसार, विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकले विदेशमै बसी अनलाइनमार्फत राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर बाहेकका अन्य आवश्यक कागजातको आधारमा खाता खोल्न सक्नेछन् । र, यसरी खोलिने खाताका सम्बन्धित खातावालाहरु नेपाल फर्किएको ३५ दिनभित्र राष्ट्रिय परिचयपत्र विवरण अद्यावधिक गर्न समेत बैंकले अनुरोध गरेको छ ।
साथै, ग्राहकले आफूलाई पायक पर्ने यस बैंकको कुनै पनि शाखा कार्यालयमा गई आफ्नो राष्ट्रिय परिचयपत्रको विवरण स्वघोषणा वा अद्यावधिक गर्न सक्ने बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशनमा भएको व्यवस्थाको अधिनमा रही सम्बन्धित बैंक खातावालाले राष्ट्रिय परिचयपत्रको विवरण भए/नभएको स्वघोषणा गरी अद्यावधिक समेत गर्नुपर्ने भएकोले यो अद्यावधिक गर्नुपर्ने भएको बैंकले जनाएको छ ।

