Banijya News

सामान्य बढ्यो नेप्से, कारोबार रकममा गिरावट

1
1.1K Shares

नेप्से परिसूचक आज बुधबार अन्तिम समयमा सकारात्मक भएर बन्द भएको छ । कारोबार अवधिको अधिकांश समय नकारात्मक रहेको नेप्से अन्तिम समयमा झिनो अंकले बढेर बन्द भएको हो ।

नेप्से परिसूचक ०.५५ अंक बढेर २६४२.४० विन्दुमा बन्द भएको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.३९ अंक बढेको छ भने फ्‌लोट इण्डेक्स ०.२० अंक र सेन्सेटिभ फ्‌लोट इण्डेक्स ०.४८ अंक बढेको छ ।

१३ उपसमूहमध्ये यस दिन पाँच उपसमूहको परिसूचक बढेको छ भने आठ उपसमूहको परिसूचक घटेको छ । यस दिन लगानी उपसमूहको परिसूचक सर्वाधिक २.२१ प्रतिशत बढेको छ । बैंकिङ, वित्त, होटल तथा पर्यटन र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंक बढेको छ ।

नेप्से सकारात्मक भएर बन्द भएपनि कारोबार रकम भने घटेको छ । मंगलबार ४ अर्ब ११ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा बुधबार ३ अर्ब ५३ करोड २१ लाख ५ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।

यस दिन माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको शेयरमूल्य यस दिन ४५ रुपैयाँ बढेर ३४५ रुपैयाँमा अन्तिम कारोबार भएको छ । सो कम्पनीको शेयर हिजो अर्थात मंगलबार नेप्सेमा सूचीकृत भई आजदेखि नियमित बजारमा कारोबार भएको हो ।

त्यस्तै, इमर्जिङ नेपालको शेयरमूल्य साढे ५ प्रतिशत बढेको छ । कारोबारमा आएको १२ प्रतिशत आइसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर २०८३ को मूल्य यस दिन सर्वाधिक १५ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ३१ करोड ६० लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । त्यस्तै, यस दिन सेन्ट्रल फाइनान्सको करिब साढे २२ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने सोलु हाइड्रोपावरको कारोबार रकम २२ करोड रुपैयाँ नाघेको छ ।

1

Scroll to Top