Banijya News

शिवम सिमेन्टले कमायो ७८ करोड ४४ लाख रुपैयाँ नाफा, अन्य वित्तीय सूचक कस्तो ?

1
1.0K Shares

शिवम सिमेन्ट लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा ७८ करोड ४४ लाख ७४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार कम्पनीको नाफा र आम्दानीमा अघिल्लो वर्षको तुलनामा केही संकुचन देखिएको छ । अघिल्लो वर्ष कम्पनीले ७९ करोड ८१ लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । गत आवमा कम्पनीले अघिल्लो आवको तुलनामा खुद नाफा घटेको पाइएको हो ।

सञ्चालन आम्दानीमा आएको गिरावटले खुद नाफामा केही असर पारेको देखिन्छ । समीक्षा अवधिमा कम्पनीको उत्पादन बिक्रीबाट हुने आम्दानी ६ अर्ब ९२ करोड २६ लाख रुपैयाँ रहेको छ जुन अघिल्लो वर्ष ७ अर्ब ७६ करोड ६५ लाख रुपैयाँ थियो ।

विवरणअनुसार, कम्पनीको चुक्ता पुँजीमा भने वृद्धि भएको छ । अघिल्लो वर्ष ५ अर्ब ४५ करोड ६८ लाख रुपैयाँ रहेको चुक्ता पुँजी बढेर ५ अर्ब ५९ करोड ३२ लाख रुपैयाँ पुगेको छ ।

पुँजी बढे पनि नाफामा आएको सामान्य गिरावटका कारण प्रतिशेयर आम्दानी (ईपीएस) मा केही कमी आएको छ । अघिल्लो वर्ष प्रतिशेयर आम्दानी १४.६३ रुपैयाँ रहेकोमा गत वर्ष यो १४.०३ रुपैयाँमा सीमित भएको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ भने १८८.७६ रुपैयाँ रहेको छ ।

1

Scroll to Top