Banijya News

माण्डु हाइड्रोपावरले दुई वर्षको लाभांश एकैपटक बाँड्ने

1
1.0K Shares

माण्डु हाइड्रोपावर लिमिटेडले १४औं र १५औं वार्षिक साधारणसभा एकैसाथ गर्ने भएको छ । कम्पनीको साउन २७ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।

काठमाडौंको नयाँबजारस्थित नेपा बैंक्वेटमा भदौ १८ गते हुने साधारणसभाले अघिल्लो आर्थिक वर्ष २०८१/८२ का लागि १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरणको प्रताव पारित गर्नेछ । साथै, गत आर्थिक वर्ष २०८२/८३ का लागि १२ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल २२.५२६३ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । सभा प्रयाजनार्थ भदौ ५ गते बूक क्लोज गर्ने कम्पनीले जनाएको छ ।

साधारणसभाले दुवै आवको वार्षिक प्रतिवेदन सहितका अन्य वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्ने, गत आवको लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक अनुमोदन गरी चालू आवको लागि लेखापरीक्षक नियुक्त गर्नेछ ।

संस्थापक शेयरधनीको तर्फबाट सञ्चालकको निर्वाचन गर्ने तथा स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, सञ्चालकको दैनिक भ्रमण भत्ता पारित गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यकता अनुसार परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।

1

Scroll to Top