Banijya News

रिज लाइन इनर्जीको नाफा ९८ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

1
1.0K Shares

रिज लाइन इनर्जी लिमिटेडको विद्युत् बिक्री आम्दानी बढ्दा कम्पनीको नाफा ९८.०१ प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको विवरणअ नुसार गत आवको चौथो त्रैमाससम्म १४ करोड ४९ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ७ करोड ३२ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।

कम्पनीको विद्युत् बिक्री आम्दानी पनि बढेको छ । अघिल्लो आवमा कम्पनीले २९ करोड ७५ लाख रुपैयाँबराबरको विद्युत् बिक्री आम्दानी गरेको थियो । तर, गत आवमा कम्पनीले ३३ करोड ७२ लाख रुपैयाँबराबरको विद्युत् बिक्री आम्दानी गर्न सफल भएको छ ।

यसैगरी, कम्पनीको वित्त खर्च पनि घटेको छ । अघिल्लो आवमा १० करोड ९९ लाख रहेको कम्पनीको वित्त खर्च ६ करोड ९८ लाखमा सीमित बनेको छ । यस्तै, कम्पनीको प्रशासनिक खर्च पनि ९९ लाख ८६ हजारबाट घटेर ८८ लाख ७५ हजार र कर्मचारी सुविधा खर्च १ करोड १९ लाखबाट घटेर ७० लाख ८४ हजारमा सीमित बनेको छ ।

कम्पनीको चुक्तापूँजी १ अर्ब १८ करोड रुपैयाँबराबर रहेको छ । साथै, कुल चालु सम्पत्ति १३ करोड २२ लाख र कुल चालु दायित्व ४ करोड ९० लाख रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १२.२४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२९.२० रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २२५.१२ रुपैयाँ, मूल्य आम्दानी अनुपात ५८.२७ गुणा र तरलता अनुपात २.७० प्रतिशत कायम भएको छ ।

1

Scroll to Top