यातायात व्यवस्था कार्यालय, धनगढीले गत आर्थिक वर्ष २०८२/०८३ मा रु ७७ करोड ५१ लाख २९ हजार राजस्व संकलन गरेको छ ।
उक्त राजस्व रकम अघिल्लो आर्थिक वर्ष २०८१/०८२ को तुलनामा रु. एक करोड ९५ लाख दुई हजार ३६५ ले बढी हो ।
धनगढी कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा राजस्वका विभिन्न शीर्षकबाट रु ७५ करोड ५६ लाख २७ हजार ३५५ राजस्व संकलन गरेको थियो ।
संकलित राजस्वमध्ये सबैभन्दा बढी सवारीसाधन करबाट रु. ५९ करोड ३७ लाख १४ हजार ३८० उठेको छ । र, सबैभन्दा कम अन्य प्रशासनिक सेवा शुल्कबाट रु एक हजार चार सय संकलन भएको छ ।
त्यस्तै, चालक अनुमति पत्र, सवारी दर्ता किताब सम्बन्धी दस्तुरबाट रु. १६ करोड ५५ लाख ८९ हजार ७४५, यातायात क्षेत्रको आम्दानी (लगतकट्टा, प्रदूषण, रुट इजाजत) बाट रु. एक करोड ४१ लाख १३ हजार ८३५ राजस्व संकलन भएको छ । साथै, व्यवसाय रजिष्ट्र दस्तुरबाट रु. १६ लाख ७८ हजार २२० रकम संकलन भएको छ । कार्यालयको बिमादाबी प्राप्ति रु. ३२ हजार १४० रहेको जनाइएको छ ।


