सोलु हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ अर्ब ११ करोड ३८ लाख रुपयाँ खुद नाफा कमाएको छ ।
कम्पनीको अपरिष्कृत वित्तीय विवरणअनुसार सो अवधिसम्ममा विद्युत बिक्री आम्दानी २ अर्ब ६२ करोड ९२ लाख रुपैयाँ रहेको छ भने कुल नाफा १ अर्ब ३८ करोड रुपैयाँ रहेको छ ।
कम्पनीको कुल आम्दानी १ अर्ब ३८ करोड रुपैयाँ रहेको छ भने सञ्चालन मुनाफा १ अर्ब ३२ करोड रुपैयाँ रहेको छ । साथै, १० अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ ३ अर्ब ८० करोड ४३ लाख रुपैयाँ रहेको छ ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ १४ पैैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११० रुपैयाँ ६२ पैसा र मूल्य आम्दानी अनुपात ४५.७० गुणा रहेको छ ।

