Banijya News

एनआईसी एशिया बैंकद्वारा विशेष स्कुल तथा पुनर्स्थापना केन्द्रसहित दुई विद्यालयलाई सहयोग

1
1.1K Shares

एनआईसी एशिया बैंकले विशेष स्कुल तथा पुनर्स्थापना केन्द्रसहित दुई विद्यालयमा सहयोग गरेको छ । बैंकले भक्तपुरको चाँगुनारायण नगरपालिकाको ताथलीस्थित विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र, नवलपरासीको पालडाँडामा रहेको शान्ति निकुञ्ज रेवती गौमाता गौतम माध्यमिक विद्यालय र सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–१ को ठोकर्पास्थित बाघ भैरव माध्यमिक विद्यालयलाई सहयोग प्रदान गरेको हो ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ती विद्यालयका विद्यार्थीहरुको पठनपाठनलाई अझ सहज बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जनामा सहयोग गर्ने उद्देश्यका साथ विभिन्न सहयोग गरेको हो ।

बैंकले शान्ति निकुञ्ज रेवती गौमाता गौतम माध्यमिक विद्यालयमा अध्यनरत ५०६ भन्दा धेरै विद्यार्थीहरुलाई डिजिटल पहुँच बढाउँदै डिजिटल शिक्षा वृद्धि गर्ने उद्देश्य अनुरुप डिजिटल बोर्ड प्रदान गरेको छ । गत साउन २० गते एक विशेष कार्यक्रमका बीच यस बैंकका सुनवल सर्कल हेड तिलकराम खनाल तथा बर्दघाट शाखा प्रमुख प्रेम पौडेलले उक्त विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद चापागाँईलाई उक्त सहयोग प्रदान गरे ।

त्यसैगरी, बैंकले विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र (एसएसडीआरसी) द्वारा सञ्चालित अटिजम स्कुल भवन पूर्ण रुपमा सञ्चालनको लागि विद्युतीय प्रणाली (वायरिङ) र उक्त भवनभित्र रङरोगनका लागि पनि बैंकले विशेष सहयोग प्रदान गरेको छ । साउन २१ गते एक विशेष कार्यक्रमका बीच बैंकका काठमाडौं पूर्वका सर्कल हेड गणेश पौडेल र भक्तपुर शाखा प्रमुख ईश्वर जिसीले उक्त केन्द्रकी अध्यक्ष सविता उप्रेतीलाई उक्त सहयोग हस्तान्तरण गरे ।

त्यसैगरी, बैंकले ठोकर्पाको बाघ भैरव माध्यमिक विद्यालयमा अध्ययनरत ३०२ भन्दा धेरै विद्यार्थीहरुका लागि झोला र प्रोजेक्टर प्रदान गरेको छ । साउन २२ गते एक विशेष कार्यक्रमका बीच बनेपा सर्कल हेड अमृतमान श्रेष्ठ र इएसजी एण्ड सस्टेनेबल बैंकिङ विभाग प्रमुख सोफी अधिकारी पौड्यालले उक्त विद्यालयका प्रधानाध्यापक हिक्मतबहादुर कार्कीलाई उक्त शैक्षिक सामग्रीहरु हस्तान्तरण गरेका हुन् ।

बैंकले उक्त विद्यालयहरु तथा पुनर्स्थापना केन्द्रलाई उपलब्ध गराएको सहयोगले विद्यालय तथा पुनर्स्थापना केन्द्रका विद्यार्थीहरुको सिकाई र पठनपाठनमा सहजता हुनुको साथै गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्न सहयोग पुग्ने विश्वास लिएको छ ।

1

Scroll to Top