एसवाई प्यानल नेपालले गत आर्थिक वर्ष २०८२/८३ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार चालु आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ६ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा ६ करोड ६८ लाख रुपैयाँ रहेको थियो ।
कम्पनीको खुद नाफामा सामान्य वृद्धि देखिए पनि सञ्चालन आम्दानीमा उल्लेख्य सुधार आएको छ । अघिल्लो वर्ष ७५ करोड ६० लाख रुपैयाँ रहेको कम्पनीको कुल व्यापार गत वर्ष बढेर ८१ करोड २७ लाख ८९ हजार रुपैयाँ पुगेको छ ।
कम्पनीको आम्दानी बढेसँगै कम्पनीको सञ्चालन मुनाफा पनि १० करोड २८ लाख रुपैयाँबाट बढेर १२ करोड ५ लाख रुपैयाँ पुगेको छ ।
तर, वैदेशिक मुद्राको विनिमय दरमा भएको उतारचढाव र अन्य खर्चका कारण खुद नाफामा भने उच्च वृद्धि हुन सकेन । यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ६.२८ रुपैयाँ कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १११.७८ रुपैयाँ रहेको छ ।

