Banijya News

बन्दीपुर केबलकार रु.१.३६ करोडले ऋणात्मक, अन्य वित्तीय सूचक कस्तो ?

1
1.0K Shares

बन्दीपुर केबलकार एण्ड टुरिजमले गत आर्थिक वर्ष २०८२/८३ मा १ करोड ३६ लाख रुपैयाँ घाटा ब्यहोरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षमा १ करोड ७२ लाख रुपैयाँ घाटा ब्यहोरेको थियो ।

साथै, कम्पनीको आम्दानी पनि खुम्चिएको छ । अघिल्लो आवमा २ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको यो कम्पनीले गत आवमा २ करोड २९ लाख रुपैयाँ मात्र आम्दानी गर्न सकेको छ ।

कम्पनीको वित्त खर्च पनि घटेको छ । गत आवमा कम्पनीको ८९ लाख ७९ हजार रुपैयाँ खर्च भएको छ । अघिल्लो आवमा १ करोड ८ लाख रुपैयाँ वित्त खर्च रहेको थियो ।

तर, व्यवस्थापन खर्च भने सामान्य बढेको छ । अघिल्लो आवमा ४३ लाख १६ हजार रहेको व्यवस्थापन खर्च गत आवमा ६८ लाख १५ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी (इपीएस) १.९६ रुपैयाँ ऋणात्मक रहेको छ । साथै, प्रतिसेयर नेटवर्थ ९१.४१ रुपैयाँ, मूल्य आम्दानी अनुपात (पीई रेसियो) ३३८ गुणा र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १३७.११ रुपैयाँ रहेको छ ।

1

Scroll to Top