Banijya News

सोल्टी होटलको खुद नाफा १६.५१ प्रतिशतले वृद्धि, ईपीएस ६.४८ रुपैयाँ कायम

1
1.0K Shares

सोल्टी होटल लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा ७६ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा १६.५१ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीले ६५ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार, गत आवमा कम्पनीको आम्दानीमा सुधार देखिएसँगै नाफा बढेको हो । अघिल्लो आवमा २ अर्ब ७७ करोड रुपैयाँ आम्दानी गरेको यो कम्पनीले गत आवमा १३.४९ प्रतिशत बढाएर ३ अर्ब १४ करोड रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीको चुक्तापूँजी १ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । रिटेन्ड अर्निङ वा जगेडा कोषमा २ अर्ब १७ करोड ६५ लाख रुपैयाँ संचित रहेको छ ।

त्यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ६.३९ रुपैयाँबाट ६.४८ रुपैयाँ पुगेको छ । साथै, प्रतिसेयर नेटवर्थ २७.०१ रुपैयाँबाट बढेर २८.५२ रुपैयाँ, पूँजीकोष अनुपात ०.०२ प्रतिशतबाट घटेर ०.०१ प्रतिशत र पीई रेसियो ९०.३५ गुणाबाट घटेर ७५.५८ गुणा कायम भएको छ ।

1

Scroll to Top