Banijya News

छिमेक लघुवित्तको नाफा रु.१.२९ अर्ब, ईपीएस ३४.८१ रुपैयाँ, अन्य सूचक कस्तो ?

1
1.0K Shares

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा उल्लेख्य नाफा कमाउन सफल भएको छ । गत आवमा संस्थाले १ अर्ब २९ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यो नाफा अघिल्लो आवको तुलनामा ७.१० प्रतिशत बढी हो । अघिल्लो आवमा संस्थाले १ अर्ब २१ करोड २८ लाख रुपैयाँ नाफा कमाएको थियो । संस्थाको खुद ब्याज र कमिसन आम्दानीमा सुधार देखिएसँगै नाफा वृद्धि भएको हो ।

विवरणअनुसार, संस्थाको खुद ब्याज आम्दानी ६.१० प्रतिशत बढेर ३ अर्ब ८४ लाख रुपैयाँ पुगेको छ भने कमिसन आम्दानी १८.८६ प्रतिशत बढेर ३९ करोड ९५ लाख रुपैयाँ पुगेको छ । साथै, अघिल्लो आवमा ९ करोड १ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज तिरेको यो संस्थाको गत आवमा भने ४० लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

गत आवको असार महिनासम्ममा संस्थाको ईपीएस ३७.३८ रुपैयाँबाट घटेर ३४.८१ रुपैयाँमा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ २५१.०६ रुपैयाँ, पीई रेसियो २५.६८ गुणा, तरलता अनुपात २१.२० प्रतिशत रहेको छ ।

संस्थाको खराब कर्जा अनुपात २.५५ प्रतिशतबाट घटेर २.३० प्रतिशत कायम भएको छ । त्यस्तै, पूँजीकोष अनुपात १७.०१ प्रतिशत, कस्ट अफ फण्ड ८.१७ प्रतिशत, स्प्रेड दर ६.२३ प्रतिशत, बेस रेट ११.६२ प्रतिशत र सीडी रेसियो ९५.५१ प्रतिशत रहेको छ । सो अवधिसम्म संस्थाको वितरणयोग्य मुनाफा २ अर्ब १६ करोड ३ लाख रुपैयाँ रहेको छ । यसर्थमा संस्थाको लाभांश क्षमता ५९.७२ प्रतिशत रहेको छ ।

1

Scroll to Top