Banijya News

अपि पावरको खुद नाफा ९६ करोड ६ लाख, ईपीएस १५.६ रुपैयाँ कायम

1
1.0K Shares

अपि पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ९६ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको हो । यो अघिल्लो आवको सोही अवधिको तुलनामा १३०.०६ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीले ४१ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीको विद्युत् बिक्री आम्दानी ७.०६ प्रतिशत बढेको छ भने कुल नाफा १२.१९ प्रतिशत बढेको छ । समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च भने २४.१३ प्रतिशत घटेको छ । विद्युत बिक्री आम्दानी सामान्य बढेपनि वित्तीय खर्च घटेकाले कम्पनीको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो ।

खुद नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ८ रुपैयाँ १९ पैसा बढेर १५ रुपैयाँ ६ पैसा पुगेको छ । गत असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ११९ रुपैयाँ ५१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २१.३० गुणा रहेको छ । ६ अर्ब ३७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग १ अर्ब २४ करोड ४५ लाख रुपैयाँ छ ।

1

Scroll to Top