Banijya News

एक्सेल डेभलपमेन्ट बैंकको साधारणसभा आह्‌वान, के–के छन् प्रस्ताव ?

1
1.0K Shares

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्‌वान गरेको छ । बैंकको साउन २८ गते बसेको सञ्चालक समितिको बैठकले २० औँ वार्षिक साधारण सभा आह्‌वान गरेको हो ।

बैठकले आगामी भदौ २४ गते झापाको बिर्तामोडमा रहेको सिद्धार्थ होटलमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ । सभामा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति प्रयोजनका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव राख्नेछ । त्यस्तै, प्रबन्धपत्र तथा नियमावलीमा कुनै संशोधन गर्न नियमनकारी निकायबाट निर्देशन भएमा सोहि बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै, अध्यक्षद्वारा प्रस्तुत गरिने आव २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गरिनेछ ।

लेखापरीक्षकको प्रतिवेदन सहितको २०८२ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसँग सम्बन्धित अनुसूचीहरुमाथि छलफल गरि पारित गरिने छ । साथै, आव २०८२/८३ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र सञ्चालकहरुको नियुक्ति गर्ने प्रस्ताव पारित गरिनेछ ।

सभामा सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गरिनेछ । साधारण सभा प्रयोजनका लागि बैंकले भदौ ९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

1

Scroll to Top