Banijya News

प्रभु बैंकको नयाँ कर्जा योजना, घरका लागि ३ करोडसम्म र सवारीमा ७ वर्षसम्म अवधि

1
1.0K Shares

प्रभु बैंक लिमिटेडले ग्राहकको वित्तीय आवश्यकता सहज र किफायती रूपमा पूरा गर्ने उद्देश्यले आकर्षक घर कर्जा तथा सवारी साधन कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले देशभरका शाखा तथा एक्सटेन्सन काउन्टरमार्फत यी कर्जा सुविधा उपलब्ध गराउने जनाएको छ ।

बैंकका अनुसार घर कर्जा योजनाअन्तर्गत ग्राहकले अधिकतम ३ करोड रुपैयाँसम्म कर्जा लिन सक्नेछन् । उक्त कर्जाको अवधि अधिकतम २५ वर्षसम्म रहनेछ । घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मतसम्भारका साथै घर निर्माणका लागि आवश्यक जग्गा खरिद गर्नसमेत यस कर्जामार्फत वित्तीय सुविधा लिन सकिने बैंकले जनाएको छ ।

घर कर्जामा सेवा शुल्क ०.५० प्रतिशत तोकिएको छ । यस्तै, ब्याजदर बैंकको औसत आधार दरमा थप ०.५० प्रतिशत वार्षिक कायम गरिएको छ । बैंकले प्रतिस्पर्धी ब्याजदरमा दीर्घकालीन वित्तीय सुविधा उपलब्ध गराउने उद्देश्यले योजना ल्याएको जनाएको छ ।

त्यसैगरी, व्यक्तिगत प्रयोजनका लागि सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई अधिकतम सात वर्ष अवधिको कर्जा सुविधा उपलब्ध गराइने भएको छ । सवारी साधन कर्जामा पनि सेवा शुल्क ०.५० प्रतिशत र ब्याजदर बैंकको औसत आधार दरमा थप ०.५० प्रतिशत वार्षिक कायम गरिएको छ ।

सवारी साधन कर्जाको मुख्य आकर्षणका रूपमा बैंकले आवश्यक सम्पूर्ण कागजात पेश गरेको दुई कार्यदिनभित्र डेलिभरी अर्डर उपलब्ध गराउने व्यवस्था गरेको छ । यसले ग्राहकलाई कर्जा प्रक्रिया छिटो पूरा गरी सहज रूपमा सवारी साधन खरिद गर्न सहयोग पुग्ने बैंकको विश्वास छ ।

प्रभु बैंकले कर्जा प्रक्रियालाई सरल, छिटो र पारदर्शी बनाउँदै ग्राहकलाई गुणस्तरीय सेवा तथा विश्वसनीय बैंकिङ अनुभव प्रदान गर्न निरन्तर प्रयास गरिरहेको जनाएको छ । बैंकका अनुसार नयाँ कर्जा योजना देशभर रहेका प्रभु बैंकका शाखामार्फत उपलब्ध हुनेछ ।

1

Scroll to Top