Banijya News

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको खुद नाफा ३७० प्रतिशतभन्दा बढी

1
1.0K Shares

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार, अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको खुद मुनाफा ३७० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

समीक्षा अवधिमा कम्पनीले ६० लाख १ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२ लाख ७५ हजार रुपैयाँले बढी हो ।

कम्पनीको खुद आर्जित बीमा शुल्क पनि ११५.११ प्रतिशतले बढेर १२ करोड १९ लाख ७४ हजार रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्ष ५ करोड ६७ लाख ४ हजार रुपैयाँमा सीमित थियो ।

त्यस्तै, कम्पनीको बीमा कोष ५८.९४ प्रतिशतले वृद्धि भई ३२ करोड ६६ लाख ५१ हजार रुपैयाँ पुगेको छ । ५२ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको प्रतिशेयर आम्दानी बढेर १ रुपैयाँ ५२ पैसा पुगेको छ ।

1

Scroll to Top