हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको २ करोड ५ लाख ३३ हजार ५०० कित्ता शेयरको लकइन अवधि आउँदो असोज २ गतेबाट सकिने भएको छ ।
कम्पनीको संस्थापकतर्फको २ करोड ४ लाख ७५ हजार कित्ता र कर्मचारीहरूलाई सुरक्षित गरिएको ५८ हजार ५०० कित्ता शेयरको लकइन अवधि असोज २ गते सकिन लागेको हो । यी शेयरहरू विगत करिब तीन वर्षदेखि लकइनमा रहेका छन् ।


