Banijya News

सिद्धार्थ बैंकको संस्थापक सेयर बिक्रीमा

1
1.0K Shares

सिद्धार्थ बैंक लिमिटेडले कुल ४ लाख ६९ हजार १२२ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले आज मंगलबारदेखि संस्थापक सेयरधनीको स्वामित्वमा रहेको उक्त सेयर बिक्री प्रक्रिया अघि बढाएको हो ।

बिक्रीमा राखिएको सेयरमध्ये १ लाख ५७ हजार ४७९ कित्ता खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । उनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

त्यस्तै, बाँकी ३ लाख ११ हजार ६४३ कित्ता संस्थापक सेयर खरिदका लागि सर्वसाधारणले समेत आवेदन दिन सक्नेछन् । सर्वसाधारणले पनि सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

तोकिएको अवधिमा विद्यमान संस्थापक सेयरधनीबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघसंस्थालाई उक्त सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनी तथा सर्वसाधारणले आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाएर काठमाडौंको नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा रहेको कम्पनी सचिवको कार्यालयमा लिखित आवेदन दिनुपर्नेछ ।

1

Scroll to Top