Banijya News

नेप्से र कारोबार रकम दुवै घट्यो

1
1.0K Shares

नेप्से परिसूचक साताको दोस्रो कारोबार दिन मंगलबार घटेर बन्द भएको छ । आज मंगलबार नेप्से परिसूचक १९.३४ अंक घटेर २६२२.४८ विन्दुमा झरेको छ ।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.५५ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.३० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८८ अंक घटेको छ ।

१३ उपसमूहमध्ये आज १२ उपसमूहको परिसूचक घटेको छ भने एक उपसमूहको परिसूचक बढेको छ । उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.४० प्रतिशत घटेको छ । कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक भने सामान्य अंक बढेको छ ।

नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ । हिजो सोमबार ५ अर्ब ५२ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा मंगलबार ५ अर्ब ७ करोड ३५ लाख १८ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।

आज कारोबार भएकामध्ये सर्वोत्तम पेन्ट्स र माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सर्वोत्तम पेन्ट्सको शेयरमूल्य ६८ रुपैयाँ ४० पैसा बढेर ५२४ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ ।

त्यस्तै, माउन्ट एभरेष्टको शेयरमूल्य ७८ रुपैयाँ ६० पैसा बढेर ६०३ रुपयाँ २० पैसामा अन्तिम कारोबार भएको छ । कारोबारमा आएको सगरमाथा जलविद्युत् कम्पनीको शेयरमूल्य यस दिन सर्वाधिक १०.६३ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा एग्रिकल्चरल बण्ड (९ वर्ष) शीर्ष स्थानमा रहेको छ । आज ५० करोड ६८ लाख रुपैयाँबराबरको सो बण्ड कारोबार भएको छ । त्यस्तै, सोलु हाइड्रोपावरको ३९ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने खानी खोला हाइड्रोपावर कम्पनीको कारोबार रकम २५ करोड रुपैयाँ नाघेको छ ।

1

Scroll to Top