मुक्तिनाथ विकास बैंक लिमिटेडका ग्राहकले पोखरामा रहेको बरपिपल रिसोर्टमा विभिन्न सेवा तथा सुविधामा विशेष छुट प्राप्त गर्ने भएका छन् ।
बैंकले आफ्ना ग्राहकहरूलाई थप सेवा तथा सुविधा प्रदान गर्ने उद्देश्यले बरपिपल रिसोर्ट पोखरासँग विशेष छुट प्रदान गर्ने सम्बन्धमा व्यावसायिक सम्झौता गरेको छ ।
उक्त व्यावसायिक सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले बरपिपल रिसोर्ट पोखरा मा खाना, बस्न तथा स्पा सेवामा १० देखि २० प्रतिशतसम्म विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
त्यसैगरी, ६ जनाभन्दा बढीको समूहमा बुकिङ गर्दा १ जनाका लागि बस्ने सुविधासहित ब्रेकफास्ट, लन्च र डिनर निःशुल्क उपलब्ध गराइने बताइएको छ ।
उक्त छुट तथा सुविधा प्राप्त गर्न बैंकका ग्राहकहरूले बैंकको मान्य डेबिट कार्ड/प्रिभिलेज कार्ड पेश गर्नुपर्नेछ वा मुक्तिनाथ विकास बैंकको मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुपर्नेछ ।
साथै, मुक्तिनाथ विकास बैंकले आधारदरमा शून्य प्रतिशत प्रिमियममा समेत लगानी गर्न सकिने अटो लोन सञ्चालनमा ल्याएको छ ।


