Banijya News

गरिमा विकास बैंकको केन्द्रीय कार्यालय आफ्‌नै भवनमा

1
1.0K Shares

गरिमा विकास बैंक लिमिटेडको केन्द्रीय (रजिष्टर्ड) कार्यालय काठमाडौंको लाजिम्पाटबाट बालुवाटारस्थित आफ्नै भवनमा सरेको छ ।

बालुवाटारस्थित आफ्नै भवनबाट आज भदौ ३ गतेबाट बैंकको केन्द्रीय कार्यालयको सेवाहरू सञ्चालनमा आएको बैंकले जानकारी दिएको छ ।

गत वर्षको कात्तिक २७ गते सम्पन्न भएको बैंकको १९औं वार्षिक साधारणसभाले काठमाडौं महानगरपालिका–२, लाजिम्पाटमा रहेको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका–३, बालुवाटारस्थित आफ्नै भवनमा सार्ने निर्णय पारित गरेको थियो ।

1

Scroll to Top