Banijya News

मिड सोलु हाइड्रोपावरको ७७ लाखबढी शेयरको लकइन अवधि सकिने

1
1.0K Shares

मिड सोलु हाइड्रोपावरको ७७ लाख ६३ हजार कित्ता शेयरको लकइन अवधि सकिने भएको छ । कम्पनीले आज बुधबार एक सूचना प्रकाशित गर्दै आउँदो असोज १० गतेबाट ७७ लाख ६३ हजार १५३ कित्ता शेयरको लकइन अवधि सकिने जानकारी गराएको हो ।

हाल कम्पनीका संस्थापकको ६८ लाख ८५ हजार २८० कित्ता, आयोजना प्रभावित स्थानीयको ८ लाख ६० हजार ६६० कित्ता र कम्पनीका कर्मचारीको १७ हजार १२३ कित्ता लकइनमा रहेका छन् ।

कुनै पनि कम्पनीको आईपीओ बाँडफाँट भएपछि तीन वर्षसम्म संस्थापक, आयोजना प्रभावित स्थानीय र कर्मचारीको शेयर लकइनमा राख्नुपर्ने प्रावधान रहेको छ ।

लकइन अवधि सकिएपछि ती शेयर दोस्रो बजारमा कारोबार गर्न सकिने छ । तर, लकइन अवधि सकिए पनि कम्पनीका सञ्चालक तथा उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीको हकमा भने शेयर रोक्का नै रहनेछ ।

1

Scroll to Top