हिमालयन बैंक लिमिटेडले निष्कासन गरेको ‘१० प्रतिशत हिमालयन बैंक डिबेन्चर २०८३’ को अवधि समाप्त हुन लागेको छ । बैंकले उक्त डिबेन्चरको अवधि भदौ ८ गते समाप्त हुने जानकारी दिएको छ ।
त्यसैले, यसको सूचिकरण खारेजीका लागि आवश्यक प्रक्रिया अघि बढाउन बैंकले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई अनुरोध गरेको छ । बैंकका अनुसार ७ वर्ष अवधिको उक्त डिबेन्चरमा वार्षिक १० प्रतिशत ब्याजदर कायम गरिएको थियो ।
अंकित मूल्य रु. १,००० का दरमा जारी गरिएको डिबेन्चरको कुल संख्या २५ लाख ६९ हजार १०४ कित्ता रहेको छ । यसअनुसार डिबेन्चरको कुल अंकित रकम रु. २ अर्ब ५६ करोड ९१ लाख ४ हजार रहेको छ ।

