Banijya News

एनआईसी एशिया बैंकद्वारा कृष्ण माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

1
1.0K Shares

एनआईसी एशिया बैंकले छैमले, दक्षिणकाली नगरपालिका–८, काठमाडौंमा रहेको कृष्ण माध्यमिक विद्यालयमा अध्ययनरत गरिब तथा विपन्न विद्यार्थीहरुलाई विद्यालय पोशाक र शैक्षिक सामग्री सहयोग प्रदान गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरुको पठनपाठनलाई अझ सहज बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जनामा सहयोग गर्ने उद्देश्यका साथ सहयोग आवश्यकता भएका विद्यार्थीहरुलाई सहयोग गरेको जनाएको छ ।

बैंकले उक्त विद्यालयमा अध्यनरत २०६ भन्दा धेरै गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि भनेर ट्रयाकसुट, टिसर्ट र विभिन्न शैक्षिक सामग्रीहरु विद्यालयलाई प्रदान गरेको छ ।

एक विशेष कार्यक्रमका बीच भदौ ४ गते यस बैंकका काठमाडौं दक्षिण सर्कल हेड उज्ज्वल रिमाल र फर्पिङ शाखा प्रमुख सुदिप रेग्मीले उक्त विद्यालयका प्रधानाध्यापक रमेश आचार्यलाई उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।

बैंकले उक्त विद्यालयलाई उपलब्ध गराएको सहयोगले विद्यार्थीहरुको पठनपाठनमा सहजता हुनुको साथै गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

1

Scroll to Top