मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले १ लाख ६२ हजार ५२४ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले दुई जना संस्थापक शेयरधनीहरूको नाममा रहेको उक्त शेयर बिक्रीमा राखेको हो ।
यसअघि उक्त शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूका लागि बिक्री खुला गरिएको थियो । तर, ३५ दिनको समयसीमासम्म शेयरधनीबाट कुनै पनि लिखित जानकारी प्राप्त नभएपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।
उक्त शेयर किन्न चाहने सर्वसाधारण व्यक्ति वा संघसंस्थाले आगामी ३५ दिनभित्र आवश्यक कागजात सहित सुनसरीको धरानस्थित बैंकको केन्द्रीय कार्यालय वा काठमाडौंको कमलादीस्थित शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेडमा आवेदन दिनु पर्नेछ ।


