हिमालयन बैंक लिमिटेडले निष्कासन गरेको सात वर्षे अवधिको ‘१० प्रतिशत हिमालयन बैंक लिमिटेड डिबेञ्चर २०८३’ को साँवा तथा अन्तिम किस्ताको ब्याज भुक्तानी हुने भएको छ ।
डिबेञ्चरधनीले पाउने साँवा तथा अन्तिम अवधिको ब्याज भदौ ९ गतेदेखि बैंकको शेयर रजिष्ट्रार हिमालयन क्यापिटलमार्फत भुक्तानी गरिनेछ ।
बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यमा २५ लाख ६९ हजार १०४ कित्ता डिबेञ्चर निष्कासन गरेको थियो । उक्त डिबेञ्चरको अवधि भदौ ८ गते पूरा हुँदैछ । रकम हितग्राही खातासँग जोडिएको बैंक खातामा आईपीएसमार्फत पठाइने बैंकले जनाएको छ ।


