Banijya News

प्रभु म्युचुअल फण्डका दुई योजनाको लाभांश घोषणा

1
1.0K Shares

प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालित दुई बन्दमुखी योजनाको नगद लाभांश घोषणा गरिएको छ । योजना व्यवस्थापक प्रभु क्यापिटलको भदौ ५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि आफ्ना इकाईधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

प्रभु बैंक लिमिटेड कोष प्रवद्र्धक तथा प्रभु क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डका लागि समान १२ प्रतिशत नगद लाभांश(करसहित) वितरण गर्ने निर्णय भएको क्यापिटलले जनाएको छ ।

प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्ड दुवै बन्दमुखी प्रकृतिका योजना हुन् ।

1

Scroll to Top