Banijya News

सानिमा ग्रोथ फण्डले पाँच प्रतिशत लाभांश दिने

1
1.0K Shares

सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित सानिमा ग्रोथ फण्डका इकाईधनीहरुका लागि लाभांश घोषणा गरिएको छ । योजना व्यवस्थापक सानिमा क्यापिटलको भदौ ५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि इकाईधनीहरूलाई ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

सानिमा बैंक लिमिटेड कोष प्रवद्र्धक तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक/डिपोजिटरी रहेको सानिमा ग्रोथ फण्डका इकाईधनीहरुलाई आर्थिक वर्ष २०८२/८३ का लागि करसहित ५ प्रतिशत नगद लाभांश वितरण गरिने भएको छ ।

सानिमा ग्रोथ फण्ड बन्दमुखी प्रकृतिको म्युचुअल फण्ड योजना हो । क्यापिटलका अनुसार २०८२ असार मसान्तसम्मको खुद सम्पत्ति मूल्य (न्याभ) १०.५४ रुपैयाँ रहेको छ । फण्डको योजनाको आकार ६७ करोड २५ लाख ३२ हजार ६०० रुपैयाँ रहेको छ । घोषित ५ प्रतिशत प्रतिफलअनुसार इकाईधनीहरूलाई कुल ३ करोड ३६ लाख २६ हजार ६३० रुपैयाँ नगद लाभांश वितरण गरिनेछ । क्यापिटलले लाभांश वितरणका लागि भदौ १८ गते एक दिनका लागि बुक क्लोज गर्ने गर्ने निर्णयसमेत गरेको छ ।

1

Scroll to Top