Banijya News

सनराइज फोकस्ड इक्वीटि फण्डको लाभांश घोषणा

1
1.0K Shares

लक्ष्मी सनराइज म्युचुअल फण्डअन्तर्गत सञ्चालित सनराइज फोकस्ड इक्वीटि फण्डले नगद लाभांश वितरण गर्ने भएको छ । फण्डले गत आर्थिक वर्ष २०८२/८३ का लागि आफ्ना इकाईधनीहरूलाई ४.५ प्रतिशत नगद लाभांश दिने भएको हो ।

लक्ष्मी सनराइज बैंक लिमिटेडद्वारा प्रवद्र्धित तथा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको उक्त फण्डले करसहित ४.५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

लक्ष्मी सनराइज क्यापिटलको भदौ ५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो । फण्डले लाभांश वितरणसम्बन्धी आवश्यक प्रक्रिया पूरा गरी योग्य इकाईधनीहरूलाई नगद लाभांश वितरण गर्ने जनाएको छ ।

1

Scroll to Top