Banijya News

राष्ट्रिय बीमा कम्पनीद्वारा साधारण सभा आह्‌वान

1
1.0K Shares

राष्ट्रिय बीमा कम्पनी लिमिटेडले चौथो वार्षिक साधारणसभा आह्‌वान गरेको छ । कम्पनीको साधारणसभा आगामी असोज २ गते शुक्रबार हुने भएको छ ।

कम्पनीको सञ्चालक समितिको भदौ ८ गते बसेको ५२८औँ बैठकले साधारणसभा काठमाडांैको शंखमूलस्थित अनमोल क्याटरिङ सर्भिस प्रालिमा गर्ने निर्णय गरेको छ ।

कम्पनीले साधारणसभामा सञ्चालक समितिका अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ का वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ ।

त्यस्तै, आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ का लेखापरीक्षकको प्रतिवेदनसहित असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सम्बन्धित वित्तीय विवरणका अनुसूचीमाथि छलफल गरी पारित गर्ने प्रस्ताव पनि सभाको कार्यसूचीमा छ ।

साधारणसभाले महालेखापरीक्षकको कार्यालयको परामर्शबमोजिम सञ्चालक समितिबाट आर्थिक वर्ष २०७९/८०, २०८०/८१ र २०८१/८२ का लागि नियुक्त लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिकसमेत अनुमोदन गर्नेछ ।

कम्पनीले साधारणसभा प्रयोजनका लागि भदौ १८ गते बुक क्लोज गर्ने निर्णय समेत गरेको छ ।

1

Scroll to Top