Banijya News

बाढीको जोखिमपछि चार जिल्लातर्फका सवारी रोकिए

1
1.0K Shares

रसुवाको भोटेकोशीबाट त्रिशूली नदी हुँदै बाढी तल्लो क्षेत्रमा बढेपछि काठमाडौंबाट रसुवा, नुवाकोट, धादिङ र चितवनतर्फ जाने सवारीसाधन रोकिएका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले जोखिमको अवस्था हेरेर ती जिल्लातर्फ जाने सवारी काठमाडौँमै होल्ड गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र गृह मन्त्रालयले पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेसी र मुग्लिन–नारायणगढ सडकमा यात्रा नगर्न आग्रह गरेका छन् ।

गृहमन्त्री सुधन गुरुङले ती सडकमा पूर्ण रूपमा आवतजावत रोक्न सम्बन्धित निकायलाई अनुरोध गरेका छन् । धादिङ प्रशासनले पृथ्वी राजमार्गमा रहेका सवारीलाई जोखिमयुक्त स्थानतर्फ अघि नबढाई सुरक्षित ठाउँमा रोक्ने व्यवस्था गरेको छ ।

गल्छी आसपास नदीको बहाव बढेपछि तटीय क्षेत्रलाई उच्च जोखिममा राखिएको छ । नदीको अवस्था सामान्य नभएसम्म अत्यावश्यक कामबाहेक यात्रा नगर्न प्रशासनले आग्रह गरेको छ ।

1

Scroll to Top