Banijya News

माछापुच्छ्रे बैंकको टिमुरे शाखाका पाँच कर्मचारी सम्पर्कविहीन

1
1.0K Shares

रसुवामा भदौ १० गते बुधबार आएको भीषण बाढीपछि माछापुच्छ्रे बैंक लिमिटेडको टिमुरे शाखामा कार्यरत पाँचजना कर्मचारी सम्पर्कविहीन हुन पुगेका छन् ।

बैंकका अनुसार बैंकको टिमुरे शाखामा कार्यरत भिम प्रसाद मेजु, अनुज नेपाल, सबिन महर्जन, पुनम ठाकुर र मिङ्मा तामाङ हालसम्म पनि सम्पर्कविहीन अवस्थामा रहेका छन् ।

बैंकले उक्त कर्मचारीहरूका बारेमा कुनै जानकारी भएमा तत्काल बैंकलाई खबर गर्न अनुरोध समेत गरेको छ ।

1

Scroll to Top