सानिमा बैंकले आफ्ना शेयरधनीहरुका लागि लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेको हो ।
बैंकले साधारण शेयरतर्फबाट १० प्रतिशत नगद लाभांश र अग्राधिकार शेयरमार्फत नगद लाभांश वापत ८.२५ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले अग्राधिकार शेयरको लाभांश शेयर बाँडफाँड भएको मितिदेखि असार मसान्त, २०८३ सम्मको लागि समानुपाति रुपमा प्रदान गरिने जनाएको छ ।

