Banijya News

चाँगुनारायण नगरपालिकाद्वारा बाढी पीडितका लागि ५० लाख सहयोग

1
1.0K Shares

चाँगुनारायण नगरपालिकाले रसुवाको भोटेकोशी बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ५० लाख ३५ हजार सहयोग गर्ने निर्णय गरेको छ ।

स्थानीय विपद् व्यवस्थापन समितिको निर्णयअनुसार भदौ १० गते भोटेकोशी नदीमा आएको विनासकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो ।

नगरप्रमुख जीवन खत्रीले स्थानीय विपद् व्यवस्थापन कोषबाट रु १० लाख, जनप्रतिनिधिबाट एक महिनाको तलब तथा सेवा सुविधाबापतको सात लाख रुपैयाँ जम्मा गर्ने निर्णय भएको जानकारी दिए ।

यसैगरी, कर्मचारीबाट तहअनुसार दुईदेखि सात दिनसम्मको तलब सुविधा गरी २० लाख ३५ हजार रुपैयाँ र चाँगुनारायण नगरपालिकाका शिक्षकबाट १३ लाख रुपैयाँ बराबरको सहयोग रकम उपलब्ध गराइनेछ ।

1

Scroll to Top