कुमारी बैंक लिमिटेडले ३१ हजार ५२९ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री गर्ने भएको छ ।
बैंकले यसअघि विद्यमान प्रावधान बमोजिम बैंककै अन्य विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको थियो । तर, ३५ दिनसम्म पनि आवेदन नआएपछि अब उक्त शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।
उक्त शेयर किन्न चाहने सर्वसाधारण व्यक्ति वा संघसंस्थाले आगामी ३५ दिनभित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ । शेयरको बिक्रीमूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले जनाएको छ ।

