Banijya News

नेपाल बैंकद्वारा बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

1
1.0K Shares

नेपाल बैंक लिमिटेडले बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड १ लाख आर्थिक सहयोग गरेको छ ।

रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा र नुवाकोट जिल्लाका विभिन्न स्थानमा ठूलो धनजनको क्षति पुग्न गएकोले उक्त प्राकृतिक विपद् घटनाबाट प्रभावित क्षेत्रका नागरिकहरूलाई सहयोग उपलब्ध गराउन बैंकले सो आर्थिक सहयोग गरेको हो ।

नेपाल बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट सो रकम सहयोग गरेको जनाएको छ । बैंक सञ्चालक समितिका सदस्य अमृत लम्सालले अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा रू।३ करोड १ लाखकोे चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष हस्तान्तरण गरेका छन् ।

बैंकले बाढी तथा पहिरोमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ ।

1

Scroll to Top