Banijya News

बाटोमै रोकिएका सामानलाई वैकल्पिक भन्सार नाकाबाट पैठारी गर्न दिइने

1
1.0K Shares

रसुवा भन्सार कार्यालय हुँदै पैठारीका लागि आवश्यक कागजात जारी भई ढुवानीका क्रममा बाटोमा रहेका वस्तुलाई वैकल्पिक भन्सार नाका प्रयोग गरी पैठारी गर्न दिइने भएको छ ।

भदौ १० गते बुधबार आएको बाढीका कारण रसुवा नाका प्रभावित भएपछि भन्सार विभागले यस्तो निर्णय लिएको हो ।

वैकल्पिक भन्सार नाका प्रयोग गरी पैठारी गर्न चाहने पैठारीकर्ताले बैंकमा सम्पर्क गरी भन्सार बिन्दु परिवर्तन गराउनुपर्नेछ । भुक्तानीका माध्यममा उल्लेख भएको भन्सार बिन्दुको सट्टा पैठारी गर्न चाहेको नयाँ भन्सार बिन्दु कायम गरी सोही स्थानबाट वस्तु घोषणा तथा जाँचपास गर्न सकिने व्यवस्था मिलाइएको छ ।

यो व्यवस्था प्रतीतपत्र (एलसी), ड्राफ्ट, टी.टी. लगायतका भुक्तानीका माध्यमबाट वस्तु पैठारी गर्दा समेत लागू हुनेछ । यसरी भन्सार बिन्दु परिवर्तन गर्नका लागि अन्य निकायको अनुमति वा सिफारिस आवश्यक नपर्ने विभागले स्पष्ट पारेको छ ।

1

Scroll to Top