Banijya News

रसुवागढी नाकाबाट भित्रिने मालवाहक कन्टेनर कोरलातर्फ डाइभर्ट

1
1.0K Shares

भदौ १० गते बुधबार आएको विनाशकारी बाढीका कारण रसुवागढी–केरुङ नाका बन्द भएपछि चीनबाट नेपाल भित्रिने मालवस्तु तथा कन्टेनर मुस्ताङको कोरलानाकातर्फ डाइभर्ट हुन थालेका छन् ।

सशस्त्र प्रहरीको जोमसोम चेकपोस्टले आइतबार साँझसम्म ६६ वटा मालवाहक कन्टेनरको विवरण संकलन गरेको छ। रसुवागढी नाका पूर्णरूपमा बन्द भएपछि कोरलातर्फ आउने कन्टेनरको संख्या बढ्दै गएको प्रहरीले जनाएको छ ।

कन्टेनर चालक कुमार देवकोटाका अनुसार रसुवागढीबाट पैठारी हुने मालवस्तु कोरलानाकातर्फ डाइभर्ट गरिएकाले ढुवानीका लागि त्यसतर्फ जानुपर्ने अवस्था आएको छ ।

सरकारले कोरलानाकालाई वैकल्पिक नाकाका रूपमा सञ्चालनमा ल्याएपछि कोला भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा ६ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा २९ करोड रुपैयाँ राजस्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ । मुस्ताङ भन्सार कार्यालयमा १८ जनाको दरबन्दी रहे पनि हाल १२ जना कर्मचारी कार्यरत छन् ।

1

Scroll to Top