नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । भदौ १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैठकले चुक्तापूँजी २१ अर्ब ६० करोड रुपैयाँको ५.२६३२ प्रतिशत बराबर हुने १ अर्ब १३ करोड ६८ लाख ५१ हजार २ सय रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित रकममा लाभांश करसमेत समावेश छ । कम्पनीका अनुसार आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरणअनुसार कायम वितरणयोग्य मुनाफाबाट उक्त लाभांश प्रस्ताव गरिएको हो ।
सञ्चालक समितिको निर्णयअनुसार प्रस्तावित लाभांश स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पठाइनेछ । राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि बैंकको साधारण सभाबाट लाभांश वितरणसम्बन्धी प्रस्ताव पारित गर्नुपर्नेछ । त्यसपछि कम्पनी ऐन, २०६३ को दफा १८२ को उपदफा (२) बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृति प्राप्त भएपछि मात्र स्वीकृत लाभांश सेयरधनीलाई वितरण गरिनेछ ।

