Banijya News

धादिङको मलेखु खोलापारि भेटियो अर्को बैंकको भल्ट

1
1.0K Shares

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले बगाएको बैंकको अर्को सेफ (भल्ट) धादिङको मलेखु खोला किनारमा फेला परेको छ । उद्धारकर्ता र प्रहरीले उक्त भल्ट सुरक्षित रूपमा बाहिर निकालेर जिल्ला प्रशासन कार्यालयमा राखेका छन् ।

यसअघि पनि धादिङको गल्छी गाउँपालिका–४ बैरेनीस्थित त्रिशूली नदी किनारमा बाढीले बगाएर ल्याएको पैसा राख्ने सेफ फेला परेको थियो । स्थानीयले उक्त सेफ तोडफोड गरी भित्र रहेको नगद चोरी गरेको सूचनापछि प्रहरीले घटनामा संलग्न भएको आशंकामा २९ जनालाई नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रहरी कार्यालय धादिङले सार्वजनिक गरेको विवरणअनुसार नियन्त्रणमा लिइएका व्यक्तिको साथबाट २१ लाख ६८ हजार ५०५ रुपैयाँ नगद बरामद भएको छ । बरामद रकमको स्रोत तथा घटनामा संलग्न हुनसक्ने अन्य व्यक्तिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

1

Scroll to Top