Banijya News

कृषि विकास बैंकको डेढ करोड नगद र ५० लाखको सुन सुरक्षित

1
1.0K Shares

भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण क्षतिग्रस्त बनेको कृषि विकास बैंकको त्रिशूली ढुंगे शाखाबाट नेपाल प्रहरीले करोडौं रुपैयाँ बराबरको नगद तथा सुन सुरक्षित स्थानमा सारेको छ ।

प्रहरीका अनुसार, आइतबार करिब आठ घण्टासम्म निरन्तर प्रयास गरेर बैंकभित्र रहेको डेढ करोड रुपैयाँ नगद र अनुमानित ५० लाख रुपैयाँ बराबरको सुन सुरक्षित रूपमा बाहिर निकालिएको हो ।

बाढीले बैंक भवनमा क्षति पुर्‍याएपछि जोखिमपूर्ण अवस्थामा रहेको नगद तथा जिन्सी सुरक्षित गर्न प्रहरीले उद्धार अभियान सञ्चालन गरेको थियो । सो क्रममा बैंकका केही महत्वपूर्ण कागजातसमेत सुरक्षित अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

बैंकभित्रको अवस्था जोखिमपूर्ण रहेकाले सुरक्षाकर्मीले सावधानी अपनाउँदै नगद, सुन तथा अन्य महत्वपूर्ण सामग्री बाहिर निकालेका थिए । लामो प्रयासपछि बैंकमा रहेको महत्वपूर्ण सम्पत्ति सुरक्षित स्थानमा सार्न सफल भएको प्रहरीले जनाएको छ ।

1

Scroll to Top