Banijya News

सिटिजन लाइफद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग

1
1.0K Shares

चीनको तिब्बत क्षेत्रबाट आएको आकस्मिक बाढी तथा प्राकृतिक विपद्बाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

विपद्का कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै कम्पनीले शोकसन्तप्त परिवारजनप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । सम्पर्कविहीन व्यक्तिहरू सकुशल भेटिने विश्वास व्यक्त गर्दै कम्पनीले उनीहरूका परिवारजनप्रति समेत सहानुभूति जनाएको छ ।

प्रभावित परिवारको उद्धार, राहत, पुनर्स्थापना तथा मानवीय सहयोगका लागि प्रदान गरिएको सहयोग रकममध्ये सिटिजन लाइफका सिटिजन लिडर्सको तर्फबाट १८ लाख ६७ हजार रुपैयाँ र कर्मचारीहरूको तर्फबाट २१ लाख ३३ हजार रुपैयाँ योगदान रहेको कम्पनीले जनाएको छ ।

सहयोग रकम कम्पनीका अध्यक्ष प्रदीपजङ्ग पाण्डे, प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल तथा नायब प्रमुख कार्यकारी अधिकृत एवं कम्पनी सचिव दीपबहादुर बीसीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।

कम्पनीले विपद्को कठिन परिस्थितिमा उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्थानीय तह, स्वयंसेवक तथा अन्य उद्धारकर्मीप्रति सम्मान व्यक्त गरेको छ ।

यसैबीच, प्रभावित आफ्ना बीमित तथा उनीहरूका परिवारको अवस्थाबारे जानकारी लिन कम्पनीले प्रभावित क्षेत्रका अभिकर्ता तथा कर्मचारीलाई निर्देशन दिएको छ । बीमा दाबीसम्बन्धी आवश्यकता देखिएमा समन्वय गरी दाबी प्रक्रिया सहज, छिटो र प्रभावकारी बनाउनसमेत सम्बन्धित कर्मचारी तथा अभिकर्तालाई निर्देशन दिइएको कम्पनीले जनाएको छ ।

1

Scroll to Top